कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बसपार्क नहुँदा सडकमै पार्किङ

दार्चुला — सवारी चाप धेरै हुने गोकुलेश्वर बजारमा बसपार्क नहुँदा सडकमै सवारीसाधन पार्किङ गर्ने गरिएको छ । जसका कारण सवारी दुर्घटनाको जोखिम बढाएको छ ।

गोकुलेश्वरमा सवारी आवतजावत हुन लागेको २ दशक पुग्न लाग्दासमेत बसपार्कको व्यवस्था हुन नसकेको हो ।

एक लेनको मात्रै भएकाले साँघुरो सडकमै गाडी पार्किङ गर्दा आवतजावतमा समस्या र दुर्घटनाको जोखिम बढेको स्थानीयहरू बताउँछन् । शैल्यशिखर नगरपालिकाको केन्द्रसमेत रहेको गोकुलेश्वरमा जिल्ला भित्रिने र बाहिरिने सवारीसाधन रोकिने गर्छन् । तर, पार्किङ गर्न बसपार्क नहुँदा ट्राफिक जाम बढ्ने गरेको छ । जसका कारण व्यापार व्यवसायसमेत मारमा परेको स्थानीय व्यवसायीको भनाइ छ ।

अहिले सडक दायाँबायाँ, होटल, स्थानीयका घरअगाडि सवारी पार्किङ हुँदै आएका छन् । बजारमा भइरहेको अव्यवस्थित पार्किङका कारण ट्राफिक व्यवस्थापनमा निकै समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र ६, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×