कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट फर्कनेमा दिनहुँ बढ्दै संक्रमण

कान्तिपुर संवाददाता

कञ्चनपुर — भारतबाट घर फर्किनेको संख्या बढेसंँगै नाकामा संक्रमित पनि बढ्न थालेका छन् । अहिले दैनिक ६ सय बढी घर फर्किरहेका छन् । घर फर्किनेमध्ये दैनिक २५/३० जनामा संक्रमण देखिन थालेको छ ।

भारतबाट फर्कनेमा दिनहुँ बढ्दै संक्रमण

कञ्चनपुरको गड्डाचौकीस्थित हेल्थ डेस्कका अनुसार मंगलबार ६२५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको छ । सोमबार ६११ को परीक्षण गर्दा ३१ जनामा संक्रमण देखिएको थियो । भारतबाट घर फर्किनेको संख्या वृद्धिसँंगै नाकामा परीक्षणमा कडाइ गरिएपछि संक्रमित बढ्न थालेका हुन् ।

‘संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ,’ गड्डाचौकीस्थित हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले भने, ‘अहिले भारतबाट फर्किने सबैको परीक्षण भइरहेको छ, परीक्षणमा कडाइ गरिएको छ ।’ केही दिनयता भारतबाट घर फर्किनेको संख्या बढेको छ ।

अघिल्लो हप्तासम्म दैनिक ४/५ सयको हाराहारीमा घर फर्किन्थे भने अहिले उक्त संख्या बढेर ६ /साढे ६ सय पुगेको छ । नाकामा संक्रमण देखिएकालाई एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल लगि औषधि दिने गरेको अस्पतालले जनाएको छ ।

प्रकाशित : श्रावण २६, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?