१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

कान्तिपुर संवाददाता

काठमाडौँ — बझाङको बुंगल नगरपालिका ९ स्थित एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । स्थानीयहरूका अनुसार एकै परिवारका आमा, छोरी र छोरा मृत अवस्थामा भेटिएका हुन् ।

घटनास्थलमा अहिले प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले कान्तिपुरलाई बताएका छन् । बुंगल ९ की गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीय छोरा मृत भेटिएको प्रहरी निरीक्षक अवस्थीले बताए ।

अस्वथीका अनुसार तीनै जना घरनजिकैको रुखमा झुण्डिएको अवस्थामा देखिएका छन् । साथै भारतमा रहेका गीताका श्रीमान पुष्कर गत राति मात्रै घरमा आइपुगेका थिए ।

प्रकाशित : श्रावण २५, २०७९ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?