कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

दार्चुलामा खोलाले बगाउँदा बालिका बेपत्ता

मनोज बडू

दार्चुला — महाकाली नगरपालिका–२ स्थित कल्चौड्या खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् ।

मंगलबार बिहान घाँस काट्न जाने क्रममा घर फर्कंदा महाकाली नगरपालिका–३ की १२ वर्षीया कविता बडाल बेपत्ता भएको स्थानीय भोजराज जोशीले बताए । उनीसँगै रहेकी उनकी काकी नन्दा बडाल भने खोलाले बगाउँदा बेहोस् अवस्थामा खोला छेउमा भेटिएकी छन् । नन्दालाई स्थानीयले पिठ्युँमा बोकेर अस्पताल ल्याउँदै गरेका छन् ।

बेपत्ता बालिकालाई स्थानीयसँगै हुष्कर मावि काटैका एनसीसी तालिम लिइरहेका विद्यार्थीहरुले खोजी रहेको भोजराजले जानकारी दिए ।

प्रकाशित : श्रावण १०, २०७९ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?