कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले बगायो अपिहिमालको ठुलढुङ्गी पुल

मनाेज बडु

दार्चुला — गए रातिको अविरल वर्षापछि आएको बाढीले अपिहिमाल गाउँपालिका-४ स्थित ठुलढुङ्गी पुल बगाएको छ । बुधबार रातिदेखिकाे लगातारकाे वर्षाका कारण आएकाे बाढीले पुल बगाउँदा स्थानीय सरस्वती आधारभूत विद्यालय मरखोलामा अध्ययनरत विद्यार्थीहरूलाई आवतजावतमा समस्या भएकाे छ ।

बाढीले बगायो अपिहिमालको ठुलढुङ्गी पुल

ठुलढुङ्गी पुल बगाउँदा विद्यार्थीहरू जोखिम मोलेर विद्यालय जान बाध्य भएका छन् । खाेलामा आएकाे बाढीले विद्यार्थीलाई स्थानीय अभिभावकले खोला तारेर पठाएका छन् । निकै जोखिम मोलेर विद्यार्थीहरू आवतजावत गरिरहेकाे स्थानीय जयभान सिंह धामीले बताए ।

गए रातिको अविरल बर्षाका कारण जिल्लाको विभिन्न स्थानमा बाढिपहिराे क्षति गरेकाे छ । बाढी पहिरोका कारण विभिन्न स्थानमा घर जमिन जोखिममा परेको छ ।

प्रकाशित : श्रावण ४, २०७९ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?