२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

युवती मृत भेटिइन्

मनोज बडू

दार्चुला — महाकाली नगरपालिका–३ मानाकोटमा एक युवती सोमबार दिउँसो मृत अवस्थामा भेटिएकी छन् । मानाकोटकी २० वर्षीया रोशनी महरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले पुष्टि गरेको छ । 

प्रहरीका अनुसार सोमबार टाउको दुख्यो भनेर सुतेकी महरालाई परिवारले मृत अवस्थामा फेला पारेका थिए । विवाहित महरा माइती घरमा सुतिरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत राजेश शाहीले बताए ।

मृतक महरा केही समयदेखि माइती घरमा बस्दै आएकी थिइन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २, २०७९ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?