२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

प्रतिपक्षी बेन्च खाली भएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षी दलका बेन्चहरू खाली भएपछि सभामुखले बैठक स्थगित गरेका छन् । प्रदेश सरकारले बजेट प्रस्तुत गरेदेखि बैठक बस्न सकिरहेको छैन ।

प्रतिपक्षी बेन्च खाली भएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सोमबारको बैठकमा बजेटमाथिको छलफल सुरु गर्ने कार्यसूची थियो । बजेटप्रति प्रतिपक्षी दल मात्रै नभई सत्तारुढ दलकै सांसदहरुको पनि चर्को विरोध छ ।

सोमबारको बैठक पााचौा पटक लगातार स्थागित भएको छ । तर प्रतिपक्षी बेन्चमा एकजना पनि सांसद उपस्थित नभएपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका हुन् । प्रमुख प्रतिपक्षी बेन्चमा नेकपा एमालेका १०, जसपा र राजपाका एकएक जना गरी १२ जना सांसद छन् । बैठकमा सत्तारुढ दलकै सांसदहरुको पनि न्यून उपस्थिति थियो ।

सत्तारुढ दलहरु एकीकृत समाजवादी, नेपाली कांग्रेस र माओवादी केन्द्रभित्रै पनि बजेटप्रति सांसदहरुले चर्को विरोध गरिरहेका छन् । उनीहरुले बजेट सच्याइनुपर्ने माग गरिरहेका छन् ।

बजेटमा भएका त्रुटिहरु सच्च्याएर जानु पर्ने र २५ दिनसम्म संसद् बैठक नबस्नुको कारण स्पष्ट जवाफ नदिएकाले बहिष्कार गरेको प्रमुख प्रतिपक्षी दल एमालेका सांसद लिलाधर भट्टले बताए ।

प्रकाशित : असार २७, २०७९ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?