कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनपुरमा घर भत्किँदा एक शिशुको मृत्यु, दुई जना घाइते

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको बेदकोट नगरपालिका ५ पोल्खरीमा घर भत्किँदा बुधबार एक शिशुको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । प्रहरीका अनुसार ८ महिनाको शिशु करिश्मा खुनाको मृत्यु भएको हो भने ११ वर्षीय अर्जुन खुना र ४० वर्षीय मन्ते थारु घाइते भएका छन् ।

काठको पुरानो घर वर्षाका कारण भत्किएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए । उनका अनुुार मृतक शिशु र घाइते बालक घरभित्रै सुतेका थिए भने अर्का घाइते थारु घर छेउमै विश्राम गरिरहेका थिए ।


प्रकाशित : असार १६, २०७९ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?