कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भिरबाट लडेर टिंकर सडकका कामदारको मृत्यु

मनोज बडू

दार्चुला — नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला-टिंकर सडक निर्माणमा संलग्न कामदारको भिरबाट लडेर मृत्यु भएको छ । 

व्यास गाउँपालिका-२ मालगाउस्थित नाकुरीधार क्षेत्रमा सडक निर्माणका क्रममा भिरबाट लडेर नौगाड गाउँपालिका-४ सिप्टीका अन्दाजी ४५ वर्षीय जयबहादुर धामीको मृत्यु भएको साइट हेर्ने वीरेन्द्रसिंह धामीले जानकारी दिए ।

धामी सोमबार बिहान १० बजेतिर भिरबाट करिब ५ सय मिटर तल खसेको तथा घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

प्रकाशित : असार १३, २०७९ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?