कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोधारा चाँदनीको बजेट ७२ करोड

कृषि संकलन केन्द्रदेखि चिस्यान केन्द्र स्थापनाका योजना
भवानी भट्ट

कञ्चनपुर — महाकालीपारिको दोधारा चाँदनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७२ करोड ८२ लाखको बजेट प्रस्तुत गरेको छ । शुक्रबार आठौं नगरसभामा नीति तथा कार्यक्रमसँगै उक्त बजेट प्रस्ताव गरिएको हो । चालुतर्फ ५५ करोड र पुँजीगततर्फ १७ करोड बजेट छुट्याइएको छ ।

नगरपालिकाले दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीको एक वर्षभित्रै व्यवस्थापन, मझगाउँ विमानस्थल निर्माण, कृषि संकलन केन्द्र तथा मलखादको डिपो स्थापना गर्ने योजना अघि सारेको छ ।

यसैगरी, एक घर एक करेशाबारी, कृषि उत्पादन भण्डारणका लागि चिस्यान केन्द्र स्थापनादेखि बजारीकरणका लागि महेन्द्रनगरमा बिक्री केन्द्र स्थापना गर्ने लगायतका योजनाहरु अघि सारेको छ ।

दोधारा चाँदनी नगरपालिका तरकारी उत्पादनका लागि चिनिन्छ । यहाँ उत्पादित तरकारी अहिले पनि बजार नपाएर सस्तोमा बिक्री गर्नु परिरहेको छ । सिजनमा उत्पादन भएको तरकारी चिस्यान केन्द्रमा राखेर अफ सिजनमा बिक्री गर्न सके राम्रो मूल्य प्राप्त हुने अपेक्षासहित नगरपालिकाले चिस्यान केन्द्रको अवधारणा ल्याएको नगर कार्यपालिकाका प्रवक्ता ओम बस्नेतले बताए । उनले यसका साथै बजारीकरणकै लागि महेन्द्रनगमार बिक्री केन्द्र पनि स्थापना गरिने बताए ।


प्रकाशित : असार १०, २०७९ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?