कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौँ — बेदकोट नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा बुधबार बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८०७७ नम्बरको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका–६ का अन्दाजी ३० वर्षीया विमलादेवी जोशीको मृत्यु भएको हो ।

सडक पार गर्ने क्रममा बसले जोशीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । सख्त घाइते भएकी जोशीलाई अस्पताल पुर्‍याउने क्रममै मृत्यु भएको बताइएको छ ।

बसका चालक भीमदत्त नगरपालिकाको बनगाउँ बस्ने ३४ वर्षीय राजेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : असार ८, २०७९ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?