२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

१८ हजार बढी परिवारको लगत संकलन

दार्चुला — सातौं राष्ट्रिय कृषि गणना कार्यक्रमअन्तर्गत दार्चुलामा १८ हजार बढी परिवारको लगत संकलन गरिएको छ । विभिन्न क्षेत्रका १८ हजार ७ सय ११ परिवारका लगत संकलन गरिएको हो ।

१८ हजार बढी परिवारको लगत संकलन

जिल्ला कृषि गणना कार्यालयका प्रमुख शंकरदत्त भट्टका अनुसार कृषि गणना कार्यक्रमले एक सय २२ क्षेत्रका १८ हजार ७ सय परिवारको लगत संकलन गरिएको छ । गत वैशाख ६ देखि जेष्ठ १९ सम्म गणक र सुपरिवेक्षक घर–घरमा पुगेर लगत संकलन गरिएको हो । उनीहरूले संकलन गरेको तथ्यांक स्थलगत र जाॅचबुझको कार्य सकिएको भट्टले बताए । गणक र सुपरिवेक्षकले गरेको तथ्यांक संकलन र त्यसपश्चात् स्थलगत कार्य सकेर छुटफुट केही भए त्यसको जाॅचबुझ गरेर केन्द्रीय तथ्यांक विभागमा पठाइसकेको भट्टले जानकारी दिए ।

कृषि गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिॅचाइको विवरण लिइएको कार्यालय प्रमुख भट्टले जानकारी दिए । कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको संख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिंकका आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाबारे गणकले तथ्यांक संकलन गरिएको हो ।

कृषि वन, कृषि ऋण, बिमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनका प्रभाव, हरितगृह पद्धतिको प्रयोग माटो परीक्षण कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापन जस्ता विषयमा तथ्यांक संकलन गरिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख भट्टका अनुसार सबैभन्दा बढी शैल्यशिखर नगरपालिकामा १८ स्थानमा कृषि गणना भएको छ । मालिकार्जुन गाउॅपालिकामा १७, महाकाली नगरपालिकामा १५, नौगाड र मार्मा गाउँपालिकामा समान १४/१४ स्थानमा गणना भएको छ ।

यस्तै लेकम गाउॅपालिकामा १३, अपि हिमाल गाउॅपालिकामा ८, ब्यास गाउॅपालिकामा १२ र दुहु गाउँपालिकामा ११ स्थानमा कृषि गणना गरिएको कार्यालयका प्रमुख भट्टले बताए ।

बाली, पशुपन्छी, माछा तथा वनका विषयमा गणना केन्द्रित हुनेछ । यसबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा मुलुकलाई आवश्यक पर्ने तथ्यांक उपलब्ध हुने भएको छ । कृषकले कृषि प्रयोजनमा ऋण लिएको भए त्यसको समेत विवरण संकलन गरिएको भट्टले बताए । गणकले छानिएका परिवारमा पुगेर विवरण ल्याएको र सुपरिवेक्षकहरूले सामुदायिक प्रश्नावलीबाट विवरण संकलन गरिएको हो । दार्चुलामा चैत १ बाट जिल्ला सदरमुकाममा जिल्ला कृषि गणना कार्यालयको स्थापना गरेर काम सुरु भएको थियो ।

प्रकाशित : असार ६, २०७९ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?