२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

दार्चुलामा करणीको आरोपमा दुई जना पक्राउ

मनोज बडू

दार्चुला — एकल महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेकम गाउँपालिका–४ का ४५ वर्षीय हरिसिंह धामी र शैल्यशिखर नगरपालिका–९ बस्कोटका ३३ वर्षीय रमेशसिंह साउद छन् । 

दार्चुलाका प्रहरी डिएसपी प्रतिक विष्टका अनुसार शुक्रबार जबरजस्ती करणी गरेको दुई मुद्दा दर्तापछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । धामी र कार्कीले जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

महिलामाथि यही जेठ १७ गते नातामा देवर पर्ने धामीले आफ्नै घरमा करणी गरेको र जेठ १८ गते पनि करणीको प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै शैल्यशिखर नगरपालिका–९ बस्कोटका साउदले जेठ १९ गते जबरजस्ती करणी गरेको पीडित महिलाको जाहेरी छ । घटनाबारे थप अनुसन्धान भइरहेको र अदालत बन्द रहेकोले म्याद थप गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ २२, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?