कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलाका तीन वडामा कांग्रेस, माओवादी र एमाले एक–एक वडामा विजयी

दार्चुला — जिल्लाका ६१ वडामध्ये ५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये तीन वटा वडामा नेपाली कांग्रेसले जितेको छ भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एक–एक वडामा जितेका छन् ।

दार्चुलाका तीन वडामा कांग्रेस, माओवादी र एमाले एक–एक वडामा विजयी

कांग्रेसबाट अपीहिमाल गाउपालिका–१ मा पोखरसिह लोथ्याल, दुहु गाउपालिका–१ मा जितबहादुर बम र नौगाड गाउपालिका–१ हरिलाल महता वडाध्यक्षमा बिजयी भएका छन् ।

त्यस्तै, मालिकार्जुन गाउपालिका–१ मा नेकपा एमालेका रमेशसिह बोहरा र अपीहिमाल गाउपालिका–६ मा माओवादी केन्द्रका धनसिह धामी बिजयी भएका छन् ।


प्रकाशित : वैशाख ३१, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?