कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

वडा सदस्यका उम्मेदवारमाथि कुटपिट

तृप्ति शाही

बैतडी — बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि कुटपिट भएको छ । माओवादी केन्द्रकातर्फबाट जिल्लाको डिलाशैनी गाउँपालिका–५ मा वडा सदस्यका उम्मेदवार बनेका हरिराम साउदमाथि सोमबार राति साढे १० बजेतिर कुटपिट भएको हो ।

उनीमाथि अजीब साउदलगायतको टोलीले कुटपिट गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनीहरुको खोजीको लागि प्रहरी घटनास्थल पुगेको छ । उनका अनुसार घटनाबारे थप जानकारी आउन बाँकी छ ।

घाइते साउदको टाउकोमा गहिरो चोट लागेको छ । उनको हात र मुखमा पनि चोट लागेको छ । खुकुरी प्रहारबाट घाइते भएका उनलाई गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ ।

प्रकाशित : वैशाख २०, २०७९ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा निजी क्षेत्र पनि अख्तियारको दायराभित्र पर्ने गरी प्रस्तावित व्यवस्थाबारे तपाईंको धारणा के छ ?

x
×