कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कोरोना भाइरस संक्रमण निरन्तर घट्दो क्रममा

काठमाडौँ — कोरोना भाइरस संक्रमण निरन्तर घट्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले बुधबार सार्वजनिक गरेको बुलेटिनअनुसार पाँच हजार १९२ मा कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

कोरोना भाइरस संक्रमण निरन्तर घट्दो क्रममा

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या एक हजार १४६ रहेको छ । पछिल्लो समयमा ७७ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६५ हजार ३०५ पुगेको छ । संक्रमणमुक्त हुनेदर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०० भन्दाबढी संक्रमित भएका जिल्लामा कुनै पनि छैनन् । शून्य संक्रमित भएका जिल्लामा बारा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वरुकुम, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, सल्यान र बाजुरा छन् । नेपालमा संक्रमणदर १७.७ प्रतिशत छ ।

हाल होम आइसोलेशनमा एक हजार ९६, संस्थागत आइसोलेशनमा ५०, आइसीयूमा १८ र भेन्टिलेटरमा तीनको उपचार हुँदैछ । विगत २४ घण्टामा ७१ हजार ७२ ले खोप लगाएका छन् ।

प्रकाशित : चैत्र १६, २०७८ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?