कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु ,५ जना घाइते

तृप्ति शाही

बैतडी — बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका एक जनाको उपचारका लागि डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुर्नया गाउँपालिका–३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

आइतबार साँझ पाटनबाट घर पोत्ने माटो लिएर सुर्नयातर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन बजार नजिकैको सडकमा दुर्घटनामा परेको हो । ट्रकमा सवार ६ जना नै महिला थिए । उनीहरु घर पोत्नका लागि माटो लिन पाटन गएका थिए ।

घाइतहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । दुई जनालाई अस्पतालले डिस्चार्ज समेत गरिसकेको उनले बताए ।

दुर्घटना भएलगत्तै ट्रक चालक पाटन–४ का विरेन्द्र खत्री अहिले प्रहरीको सम्पर्कमा आएका र थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

प्रकाशित : चैत्र ७, २०७८ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×