कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

बैतडीमा टिपर दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते

तृप्ति शाही

बैतडी — बैतडीमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । पाटन नगरपालिका-३ को झालीमालीमा सोमबार दिउँसो टिपर दुर्घटनामा परेको हो ।

गरूडाबाट धुरातर्फ गइरहेको बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा पाटन-३ का ४५ वर्षीय जनकराज पन्त, सोही ठाउँका १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थीको मृत्यु भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । उनका अनुसार घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

टिपर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।

प्रकाशित : फाल्गुन ९, २०७८ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?