कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनपुरमा सक्रिय संक्रमित एक हजार नाघे

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबार सक्रिय संक्रमितको संख्या १ हजार १८ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार एन्टिजेन परीक्षण गराएका ८०९ र पीसीआर परीक्षण गराएका २०९ जना सक्रिय संक्रमित छन् ।

जसमध्ये १५ जना संस्थागत आइसोलेसनमा र १ हजार ३ जना होम आइसोलेसनमा छन् । ‘केही दिनयता संक्रमण दर निकै बढेको छ,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘दैनिक दुई सयको हाराहारीमा संक्रमित थपिँदै गएका छन् ।’

जिल्लामा मंगलबार १९५ जनामा संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकामा ८६, गड्डाचौकी नाकामा ५७, लालझाडी गाउँपालिका १४, बेदकोट र पुनर्वास नगरपालिकामा ११/११, दोधारा चाँदनी र शुक्लाफाँटा नगरपालिकामा ४/४, बेलौरीमा ५ र कृष्णपुर नगरपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार निको हुनेको संख्या १४४ छ ।


प्रकाशित : माघ ११, २०७८ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?