कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले कैलाली अध्यक्षमा रतन थापा ४ मतले विजयी 

अर्जुन शाह

धनगढी — नेकपा एमाले कैलालीमा रतन थापा रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका छन् । थापाले २८७ मत पाएका छन् भने चन्दले २८३ मत पाएका छन् ।

एमाले कैलाली अध्यक्षमा रतन थापा ४ मतले विजयी 

थापा र चन्दको बेग्लाबेग्लै प्यानलबीच प्रतिस्पर्धा भएको थियो । थापा यसअघिका पनि अध्यक्ष हुन् ।

उपाध्यक्ष पदमा थापाकै प्यानलका दुर्गाप्रसाद जोशी विजयी भएका छन् । जोशीले सीताराम बुढाथोकीलाई पराजित गरेका हुन् । सचिव पदमा चन्द प्यानलका डेजी पाण्डे विजय भए । उनले २९४ मत ल्याएर २६० मत ल्याएका दानबहादुर विकलाई पराजित गरेका हुन् । यस्तै उपसचिवमा थापा प्यानलकै ममताप्रसाद चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन् ।

सर्वसम्मत रूपमा नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि अछाम र कञ्चनपुरमा पनि मंगलबार मतदानको प्रक्रिया अघि बढाइएको छ । कञ्चनपुरमा सुरेन्द्र बिष्ट र बीरबहादुर थापा प्यानलबीच प्रतिस्पर्धा हुँदैछ भने अछाममा प्रकाश शाह र चन्द्र बोहरा प्यानलबीच चुनावी प्रतिस्पर्धाको तयारी छ ।

दार्चुला र बाजुरामा सहमतिको प्रयास जारी रहेको एमाले कार्यकर्ताले जनाएका छन् । डोटी, बैतडी, डडेलधुरामा सर्वसम्मत रूपमा नेतृत्व चयन भइसकेको छ ।

प्रकाशित : पुस २७, २०७८ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?