कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

आगलागीबाट ज्यान गुमाएका चौलागाईंको परिवारलाई ३ लाख ८० हजार सहयोग

कालिकोट — खाडाचक्र नगरपालिका-५ ढाडगाउँस्थित वनमा लागेको डडेलामा परी ज्यान गुमाएका ५० वर्षीय नन्दाराम चौलागाईंको परिवारलाई स्थानीय युवाहरुले संकलन गरेको राहत रकम हस्तान्त्रण गरेका छन् । 

आगलागीबाट ज्यान गुमाएका चौलागाईंको परिवारलाई ३ लाख ८० हजार सहयोग

आगलागीबाट घाइते भएर उपचारार्थ सुर्खेत लगिएका चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको सहयोगार्थ समाजसेवी हिरामणि चौलागाईंको पहलमा संकलन भएको २ लाख ४० हजार ३ सय ८२ रुपैयाँको चेक आइतबार मृतकका आफन्तलाई हस्तान्त्रण गरिएको हो ।

स्थानीय शिक्षक, बुद्धिजीवी, ब्यापारी र सर्वसाधारणले आगोबाट जलेर घाइतेको उपचारको लागि सहयोग गरेको रकम १३ औँ दिनको पुन्यतिथिको अवसरमा मृतककी जेठी छोरी बिमलालाई हस्तान्त्रण गरिएको छ । 'आगोलागीबाट घाइते भएको उपचारमा सघाउन राहत संकलन अभियान सुरु गरेका हौँ,' अभियानका संयोजक मान्म बजारका ब्यवसायी हिरामणिले भने, 'घाइतेलाई बचाउन नसकिए पनि राहत रकमले काजकिरिया गर्न र घर खर्च चलाउन मद्दत पुग्नेछ ।'

उनकाअनुसार ब्यक्तिगतरुपमा खाडाचक्र-४ का ठम्म आचार्यले १० हजार, विस्ना आचार्यले ५ हजार ७ सय, चुलिमालिका माविका प्राचार्य दिपबहादुर शाहीले ५ हजार ७ सय, स्थानीय नरप्रसाद चौलागाईले ५ हजार २ सय ५५, खाडाचक्र-२ घर भएका इन्जिनियर कृष्ण पाण्डेले ५ हजार, रुप आचार्यले ५ हजार, मनऋषि आचार्यलगायत २ सय ४१ जनाले सहयोग गरेका छन् ।

त्यस्तै, कालीकोटको खाडाचक्र-५ घर भएर अध्ययनका लागि अष्टेलियामा रहेका युवा नवीन शाहीले आगलागी पीडित चौलागाईको परिवारलाई १ लाख नगद संकलन गरेर पठाएका छन् । अष्टेलियाबाट संकलन गरेको १ रकम आइतवार नवीनका बुवा हंशवहादुर शाहीले मृतकका परिवारलाई हस्तान्त्रण गरे । मृतकको गाउँका हंशवहादुर नेपाल राष्टिय शिक्षक संगठनका केन्द्रीय महासचिव हुन् ।

खाडाचक्र नगरपालिकाले घाइतेको उपचारको लागि ३ लाख ८० हजार सहयोग गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीले बताए ।आफन्त र सहयोगी मन भएकाले ब्यक्तिगतरुपमा रकम उठाएर सहयोग गरे पनि सरकारबाट सहयोग नपाएको मृतकका छोरा महेन्द्रले गुनासो पोखे । 'जिल्ला प्रशासनबाट काजकिरिया र राहत वापत पाउनुपर्ने रकम पाइएको छैन,' उनले भने, 'बरु सहयोगी मन भएकाले सहयोग गरे ।'

गएको चैत्र २ गते खाडाचक्र-५ स्थित नवदुर्गा सामुदायिक वनको खर पाखोमा आगलागी हुँदा बाख्रा चराउन गएका ५० वर्षीय नन्दाराम र उनकी १२ वर्षीया छोरी हेमन्तीको आगोबाट ज्यान गएको थियो ।

प्रकाशित : चैत्र १८, २०८० १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?