कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला र तिनको नाबालक छोरालाई बेचेको आरोपमा एक पक्राउ

विप्लव महर्जन

सल्यान — मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा जाजरकोटको भेरी नगरपालिका–९, बानियाँटोल बस्ने १९ वर्षका दिनेश खडकालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले खड्कालाई घरबाटै पक्राउ गरेको हो । 

विवाह गर्ने बहानामा खड्काले स्थानीय एक महिलालाई नाबालक छोरासहित भारतको हिमाञ्चल प्रदेशको सिम्लाको रुरु भन्ने स्थानमा लगेर बेचबिखन गरेको महिलाका आफन्तले जाहेरी दिएपछि प्रहरीले खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ ढकेन्द्र खतिवडाले जानकारी गराए ।


खड्कालाई अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखेर अनुसन्धान भैरहेको प्रनाउ खतिवडाले जानकारी गराए । खड्काले लगेकी महिला सल्यानकी भएकी र जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी परेकाले जिल्ला प्रहरी कार्यालय सल्यान ल्याईएको प्रनाउ खतिवडाले जानकारी गराए ।


खड्काले िलगेकी महिला र नाबालक अहिलेसम्म सम्पर्कमा नरहेको आफन्तले बताएका छन् ।


प्रकाशित : कार्तिक २९, २०७६ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?