कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साक्षर बन्दै हुम्ला

कान्तिपुर संवाददाता

हुम्ला — चालु आर्थिक वर्षभित्रै हुम्लालाई साक्षर जिल्ला बनाउने तयारी थालिएको छ । आगामी जेठभित्र साक्षर जिल्ला घोषणा गर्नेगरी आवश्यक प्रक्रिया सुरु गरिएको हो । 

सदरमुकाम सिमकोटमा भेला भएका सातवटै गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिले साक्षर जिल्ला घोषणाका लागि आवश्यक प्रक्रिया थाल्ने प्रतिबद्धता जनाएका छन् । सबै गाउँपालिकाका निरक्षरको लागत संकलन गर्ने र उनीहरूका लागि साक्षरता कक्षा सञ्चालन गर्नेगरी योजना तर्जुमा गर्न प्रतिबद्धता जनाइएको छ । सबै गाउँपालिकामा फागुनभित्र साक्षरता कार्यक्रम लागू हुनेछ ।


शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आयोजना गरेको कार्यक्रममा सबै वडा, बस्ती र टोलमा साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न जनप्रतिनिधि सहमत भएका हुन् । साक्षर जिल्ला घोषणा गर्नका लागि यथार्थ र वस्तुपरक अध्ययन जरुरी रहेको प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले बताए । ‘साक्षर जिल्ला घोषणा गरी मात्र हुँदैन, सबै नागरिकलाई साक्षर बनाउन जरुरी छ,’ उनले भने, ‘त्यसका लागि तीनै तहका सरकारमार्फत एकीकृत कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।’


प्रकाशित : कार्तिक २६, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?