कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

डायलसिस गर्न रकम जुटेन

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — वीरेन्द्रनगर नगरपालिका ८, इत्रामका पर्वत पन्तको दुबै मिर्गौला काम नगर्ने भएपछि घरमै थलिएर बसेका छन् । थप उपचारका लागि परिवारले खर्च जुटाउन नसक्दा २५ वर्षीया पन्त पीडामा छन् । 

डायलसिस गर्न रकम जुटेन

आर्थिक स्थिति निकै कमजोर भएका कारण परिवारले उनको मिर्गौला डायलाइसिस र प्रत्यारोपणका लागि रकम जुटाउन सकेको छैन । गत भदौमा सामान्य समस्या देखिएको ठानेर वीरेन्द्रनगरस्थित देउती नर्सिङ होममा उनलाई जचाउन लगियो । तर त्यहाँ उपचार नै सम्भव नभएपछि पन्तलाई उनको परिवारले काठमाडौस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पुर्‍याए । करिब दुई हप्तापछि मात्रै उनको दुबै मिर्गौला फेल भएको थाहा पाएपछि अस्पतालले डायलासिस गर्न सुझाव दिँदै गत असोज १९ गते डिस्चार्ज गरिदियो ।


‘सबै जाँच गर्दा डेढ लाख बढी खर्च भयो,’ आमा कालिरा पन्तले भनिन्, ‘रोग पत्ता लागेपछि डिस्चार्ज गरिदिए, अब उपचार गर्ने पैसा छैन त्यही भएर घरमै ल्याएर राखेका छौँ ।’ मिर्गौलापीडित पन्तका बाबु जल तथा मौसम विज्ञान कार्यालयमा कार्यालय सहयोगीका रुपमा काम गर्छन् । परिवारमा अन्य कुनै आम्दानीको स्रोत छैन ।


‘अलि अलि भएको पैसा जति सक्किसक्यो,’ कालिसराले भनिन्, ‘अब उपचार गर्ने पैसा छैन, छोरालाई मृत्युको मुखमा पुगेको टुलुटुलु हेरेर बस्नुपरेको छ ।’ उपचार खर्चका लागि हात माग्ने ठाउँ पनि कतै नभएको भन्दै आमा कालिसराले अब मृत्यु कुर्नुको विकल्प आफ्ना छोराका लागि अरु केही नभएको गुनासो गरिन् ।

प्रकाशित : कार्तिक २३, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?