कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूचनाको हक कार्यान्वयनको प्रतिबद्धता

कान्तिपुर संवाददाता

डोल्पा — स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालय र अन्य सरोकारवालाले सूचनाको हक कार्यान्वयनको प्रतिबद्धता गरेका छन् । जिल्ला प्रशासन कार्यालय डोल्पाको संयोजनमा राष्ट्रिय सूचना आयोगले दुनैमा आयोजना गरेको अन्तर्क्रियामा सूचनाको हक कार्यान्वयनको प्रतिबद्धता जनाइएको हो । 

जिल्लाका सार्वजनिक निकायले नियमित सार्वजनिक गर्नुपर्ने सूचना प्रकाशन गर्ने र सूचना माग भइ आए सूचना प्रवाह गर्ने प्रतिबद्धता जनाएका हुन् । नागरिक समाजका अगुवा शेरबहादुर बुढाले सूचना दिने र लिने पक्षबीच गरिएको अन्तर्क्रियाले सूचनाको हकबारेको कानुनी व्यवस्थाबारे सुसूचित बनाएको बताए । सूचनाको हकबारे समुदायस्तरमै अभियान सञ्चालन गर्न जरुरी रहेको मिसन नेपालका अध्यक्ष ओमेन्द्र केसीले बताए । ‘अधिकांश नागरिक सूचनाको हकसम्बन्धी व्यवस्थाबारे बेखवर छन्,’ उनले भने ।


प्रकाशित : कार्तिक ५, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?