कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेलो नेपालको टावर तोडफोड

कान्तिपुर संवाददाता

सल्यान — सिद्धकुमाख र कुमाख गाउँपालिका सीमाको कुमाख लेकमा जडान गरिएको हेलो मोवाइलको टावरमा तोडफोड गरिएको छ । पहिचान नभएको समूहले टावर तोडफोड गर्दै १९ थान सोलार प्यानल चोरी गरेको हो । 

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गरिदिएपछि लामो समयदेखि टावर बन्द थियो । टावरको सुरक्षा गर्दै आएका चौकीदारले समेत तलब नपाएको भन्दै वर्षदिनअघि काम छाडेका थिए । चौकीदारले छोडेपछि अलपत्र परेको टावर तोडफोड गरिएको हो । स्थानीय शेरबहादुर डाँगीका अनुसार टावर तोडफोड र सामान चोरी हुनेको पहिचान खुलेको छैन ।


टावरका चौकिदार तिलक चलाउनेले कम्पनीको बेवास्ताले लामो समयदेखि अलपत्र टावर तोडफोड भएको बताए । प्राधिकरणले रोयल्टी तथा नवीकरण शुल्क बापतको ८० करोड रुपैयाँ नबुझाएपछि कम्पनीको दर्ता खारेज गरिदिएको थियो ।


ग्रामीण क्षेत्रमा सेवा सञ्चालन गर्नेगरी अनुमति पाएको कम्पनीले २०६४ फागुनमा जिल्लाका विभिन्न स्थानमा टावर स्थापना गरेको थियो । हेलो नेपालले जिल्लाका अन्य ठाउँमा समेत स्थापना गरेका टावर कम्पनीकै बेवास्ताका कारण अलपत्र परेका छन् ।

प्रकाशित : कार्तिक २, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?