कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समाजका अगुवालाई विपत् व्यवस्थापन तालिम

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर – नेपाली सेनाले समाजका अगुवालाई विपत् प्रतिकार्य तालिम दिएको छ  । नयाँ सवुज गणले वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि र संघसंस्थाका प्रतिनिधिलाई सोमबारदेखि चारदिने तालिम दिएको हो  ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालका अनुसार तालिममा ६४ जना सहभागी छन् । उनीहरूलाई विपत् व्यवस्थापन कसरी गर्ने भन्नेबारे तालिम दिइएको उनले बताए । सेनाले तालिमपछि समुदायका अगुवाले अरुलाई विपत्बाट बचाउने कला सिकाउन सक्ने अपेक्षा गरेको छ ।

गणपति झुलेन्द्रबिक्रम बस्नेतले भुकम्प, बाढीपहिरो, आगलागीजस्ता विपत्बाट बच्न र बचाउन अगुवालाई तालिम दिइएको बताए । विपत्बाट प्रभावित स्थानका बासिन्दालाई पनि तालिम दिइने उनको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले स्थानीय बासिन्दालाई विपतबाट कसरी जोगिने भन्ने विषयमा थाहा नहुँदा सुर्खेतमा धेरैले ज्यान गुमाउनुपरेको बताए ।

उनले अघिल्ला वर्ष सम्झँदै भने, ‘अहिले पनि विपत्मा सेना र प्रहरीको भर पर्नुपर्ने अवस्था छ, यो तालिमले थोरै भए पनि त्यस्तो अवस्थालाई कम गर्नेछ ।’

प्रकाशित : आश्विन २८, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?