कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

चन्द समूहका नगर इन्चार्ज पक्राउ

कान्तिपुर संवाददाता

सल्यान — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका बन्गाडकुपिण्डे नगरपालिका इञ्चार्ज कालुराम बादीलाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी, विशेष ब्युरोले बादीलाई च्यूराबाट पक्राउ गरेको हो । टोलीले उनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, सल्लीबजारमा बुझाएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाका अनुसार सरकारले चन्द समूहमाथि प्रतिबन्ध लगाएपछि करिब दुई दर्जन कार्यकर्तालाई पक्राउ गरिएको छ ।

प्रकाशित : आश्विन २५, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पछिल्लो समय ठुल्ठूला सवारी दुर्घटना बढेका छन् । यसको मुख्य कारण के होला ?

x
×