कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुलहा-दुलहीसहित ७ जना मण्डपबाटै पक्राउ 

विप्लव महर्जन

सल्यान — सिद्धकुमाख गाउँपालिकामा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले दुलहा-दुलही र उनकीहरुको बुवाआमासहित विवाह गराउने पण्डितलाई पक्राउ गरेको हो ।

दुलहा-दुलहीसहित ७ जना मण्डपबाटै पक्राउ 

पक्राउ पर्नेहरुमा १९ वर्षीय दुलाहा र उनका बुवा लोकबहादुर बोहरा, आमा माया बोहरा, सिद्धकुमाख गाउँपालिका २ की १९ वर्षीया दुलही, बुवा रत्नबहादुर रावत, आमा कलौटी रावत र जाजरकोट कुसे गाउँपालिका ९ घर भई हाल सल्यानको सिद्धकुमाख गाउँपालिका ४ चाँदेकरेन्जी बस्ने पण्डित नविन आचार्य छन् ।


उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । पहिला भागेर गएका उनीहरुलाई दुलहाका बाबुले घरमा भित्र्याउँदै गर्दा प्रहरीले पक्राउ गरेका उनले बताए ।


दुलहा र दुलही तुलसिपुरस्थित एक विद्यालयमा अध्ययनरत थिए । कानुनमा बालविवाह गर्ने गराउनेलाई न्यूनतम् डेढ वर्षदेखि तीन वर्ष कैद र ३० हजार देखि १५ हजारसम्म जरिवानाको व्यवस्था छ ।


दुई वर्षको अवधीमा पाँच बालबिबाह रोकिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित : आश्विन १७, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?