कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोली हानेर अफिमसहित एक व्यक्ति नियन्त्रणमा

हरि गौतम

(रुकुम पश्चिम) — प्रहरीले गोली हानेर अवैध लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । 

गोली हानेर अफिमसहित एक व्यक्ति नियन्त्रणमा

बाँफिकोट गाउँपालिका–७, नदुवास्थित नवज्योति आधारभूत विद्यालय नजिकैबाट ४ किलो ९ सय ग्राम अफिमसहित सानीभेरी गाउँपालिका–५, गोलचौरका ३२ वर्षीय रञ्जित खत्रीलाई प्रहरीले पक्रेको हो । मंगलबार राति साढे ८ बजे शंकास्पद अवस्थामा हिँडिरहेका खत्रीलाई प्रहरीले चेक गर्न खोजेको थियो । त्यस क्रममा खत्री भाग्न खोजेपछि गोली प्रहार गरी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।


प्रहरीले बोकेको सानो हतियार (.७७ एमएम पेस्तोल)बाट गोली प्रहार गरी नियन्त्रणमा लिएर खोजतलास गर्दा अवैध लागूऔषध अफिम भेटिएको डिएसपी खड्काले बताए । खत्रीको साथबाट प्रहरीले ४ किलो ९ सय ग्राम अफिम, एउटा स्प्रिङ तराजु र एउटा मोवाइल सेट बरामद भएको छ ।

प्रकाशित : आश्विन १५, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?