कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुम्लामा जिप दुर्घटना, १२ घाइते

एलपी देवकोटा

जुम्ला — जिल्लाको पातारासी गाउँपालिका ५ लासीमा जिप दुर्घटना भएको छ । जुम्ला विमानस्थलबाट डिल्लीचौर जाँदै गरेको रा १ ज ६२१ नम्बरको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुई जनाको अवस्था जटिल छ । 

जुम्लामा जिप दुर्घटना, १२ घाइते

घाइते सिंहबहादुर बुढाको शल्यक्रिया भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।

अविरल वर्षाका कारण सडकमा जिप चिप्लिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिप सडकभन्दा ३० मिटर तल खसेको छ । जिप चालक तातोपानी २ का ललित डाँगी फरार रहेको प्रहरीले जनाएको छ ।


अन्य घाइतेमा साङ्भो लामा, साङ्गे लामो, स्मारिका थापा, नुरबु लामा, जानकी बुढा, देविका लामा, कमल बुढा, किरण बुढा, आङ्मु तामाङ, कार्मा छोटुल तामाङ, ठिले साङ्मो तामाङ, श्रीबहादुर बुढा रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल प्रशासक नन्द तिमिल्सिनाले बताए । उनीहरु सबै पातारासी गाउँपालिकाका बासिन्दा हुन् ।



प्रकाशित : आश्विन ११, २०७६ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?