कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट–६को दामाचौरबाट पाइप लगायतका सामग्री बोकेको ट्याक्टर सडकभन्दा सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ । भे १ च ६८९३ नम्बरको ट्याक्टर बिहान ८ बजे ठूलीभेरी नदी किनारमा खस्दा अन्य ३ जना घाइते भएका छन् ।

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

दुर्घटनामा परी डोल्पा इलका १ जना र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ का १६ वर्षीय धनबहादुर विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । डोल्पा इलका ती व्यक्तिको नाम खुल्न सकेको छैन । दुर्घटना स्थलमा फोन सम्पर्क हुँदैन ।


दुर्घटनामा परी चालक सहित ३ जना घाइते छन् । चालक आठबीसकोट नगरपालिका–६, दामाचौरका २० वर्षीय चन्द्रबहादुर वादी सख्त घाइते भएका छन् । सोही ठाउँका १७ वर्षीय बलबहादुर विक र सोही वडाको छिमिका १५ वर्षीय मोहन बोहरा सामान्य घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।


घाइते सबैलाई आठबीसकोट नगर अस्पताल ल्याइदै गरेको डीएसपी खड्काले बताए ।

प्रकाशित : भाद्र १४, २०७६ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?