कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विषादी सेवनबाट बालिकाको मृत्यु

भीमबहादुर सिंह

जाजरकोट — कुशे गाउँपालिका ८, बिजुलीडाँडामा विष सेवनबाट एक बालिकाको ज्यान गएको छ । बिजुलीडाँडा बस्ने चित्रबहादुर रोकायकी अढाई वर्षीय छोरी प्रवेशिका रोकायको विष सेवनबाट आइतबार मृत्यु भएको हो । 

घरमा कोही नभएको अवस्थामा कोठामा राखेको तरकारी खेतीमा प्रयोग हुने थाइराइड नामको विषादी खाँदा उनको ज्यान गएको प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए । बालिकाले विषादी खानेकुरा होला भनेर खाएको अनुमान खत्रीको छ ।


घटनाबारे अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको उनले बताए ।


बालिकाको शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल ल्याउन लागेको प्रनाउ खत्रीले बताए ।


प्रकाशित : भाद्र ८, २०७६ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?