कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भालुलाई पासो थापेको बन्दुक अचानक पटि्कदा एक घाइते

एलपी देवकोटा

जुम्ला — तिला गाउँपालिका–७ पोख्रीमा भरुवा बन्दुक पट्किदा एकजना घाइते भएका छन् । आफ्नै मकैबारीमा भालुलाई पासो थापेको भरुवा बन्दुक पट्किदा पोख्री गाउँका वर्ष २५ का पदमबहादुर रोकाया घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

रोकायाको दाइने खुट्टाको घुँडामा गोली लागी प्वाल परेको प्रहरीले जनाएको छ । प्रहरी चौकी रारालिहीबा प्रहरी नायव निरिक्षक कृष्णबहादुर खड्कासहितको टोलि घटनास्थलमा गई बन्दुक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घाइते रोकायाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।


प्रकाशित : भाद्र ६, २०७६ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?