कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

जंगली च्याउ खाँदा महिलाको मृत्यु

भीमबहादुर सिंह

जाजरकोट — जंगली च्याउ खादा बारेकोट गाउँपालिका-८ बन्डालाकी ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको छ । तीन दिन अघि च्याउको तरकारी खाएर बेहोस भएकी मनमायालाई उपचारका लागि नेपालगञ्ज तर्फ लैजाँदै गर्दा मंगलबार उनको सुर्खेतको मेहेलकुनामा मृत्यु भएको स्थानीय उदय थापाले वताए । 

जंगलबाट ल्याएको च्याउको तरकारी खाएर मृतक सहित उनको परिवारमा ३ जना बिरामी परेका थिए । बिरामी मध्ये १ जनाको घरेलु उपचार पछि सञ्चो भइसकेको र १ जनालाई थप उपचारका लागि नेपालगञ्ज पुर्‍याईको थापाले बताए ।

प्रकाशित : श्रावण २९, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?