कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोल्पामा विद्युत अवरुद्ध

कान्तिपुर संवाददाता

डोल्पा — जैरिगाड साना जलविद्युत आयोजनाको पेनस्टिक पाइपमा  पहिरोले क्षति पुर्‍याएपछि सदरमुकाम आसपासका गाउँहरुमा विद्युत आपूर्ति बन्द भएको छ । 

डोल्पामा विद्युत अवरुद्ध

सोमबार बिहान ८ बजे खसेको पहिरोले पेनस्टिक पाइप जोडिएको हेड र पिल्लरहरुमा क्षति पुर्‍याएको विद्युत वितरण केन्द्र डोल्पाका मनबहादुर खड्काले जानकारी दिए । अहिले पहिरो पन्छाउने र टुंगा फुटाउने काम भइरहेको विद्युत प्राधिकरणले जनाएको छ ।


पाइप मर्मत गरेर विद्युत आपूर्ति गर्न अझै ५ दिने लाग्ने उनले बताए ।


प्रकाशित : श्रावण २७, २०७६ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?