कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका जिल्ला इन्चार्ज पक्राउ 

हरि गौतम

रुकुम पश्चिम — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पूर्वका जिल्ला इन्चार्ज पक्राउ परेका छन् । जिल्ला इन्चार्ज कर्णवहादुर नकाल 'शिशिर' रुकुम पश्चिमबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गएराति २ बजे जिल्लाको सानीभेरी गाउँपालिका-३, गरायला मुलपानीबाट उनलाई पक्राउ गरेको हो । 

उनी सोही ठाउँ निवासी हुन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले नकाललाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि प्रहरीले नेकपाका गतिविधिमा विशेष निगरानी राखेको डिएसपी खड्काले बताए ।


प्रहरीले यसअघि विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल रुकुम पश्चिमका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरेको थियो । त्यस अघि पनि प्रहरीले नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रेमप्रशान्त बोहरा र संगठनकै जिल्ला सचिव हरि पुनलाई पक्राउ गरेको थियो ।

प्रकाशित : वैशाख ३१, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?