कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लागूऔषधसहित दुई जना भारतीय युवा पक्राउ

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सदरमुकाम रामग्रामबाट लागूऔषधसहित दुई जना भारतीय युवा पक्राउ परेका छन् । रामग्राम नगरपालिका-५ बाईपासमा भारतीय नम्बरको युपी ५६ क्यु २८७२ नम्बरको मोटरसाइकलमा सवार युवालाई जाँच गर्दा प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार महाराजगन्ज जिल्ला बर्गदवा बस्ने ३२ वर्षीय इस्तेक अन्सारी र १८ वर्षीय प्रिन्स हरिजन रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहराले जानकारी दिए ।

पक्राउ परेका युवाको साथबाट नाईट्रोभेट १ हजार ५ सय ट्याब्लेट र ईस्पास्मो ३ हजार ५ सय ७० क्याब्सुल बरामद भएको छ । दुबै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।


प्रकाशित : मंसिर ८, २०८० २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×