कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

पाल्पाको भूतखोलामा डुबेर एकको मृत्यु, एक घाइते 

माधव अर्याल

पाल्पा — पाल्पाको भूतखोलामा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३, दोभान भूतखोलाको पोखरीमा डुबेर सिद्धार्थनगर नगरपालिका–९ बस्ने, २२ वर्षीय बिमल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाको भूतखोलामा डुबेर एकको मृत्यु, एक घाइते 

रुपन्देहीको भैरहवाबाट घुम्न आएका आचार्य र २६ वर्षीय युना दाहाल भूतखोला पोखरीमा अचानक डुबेको र स्थानीयले उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएकामा चिकित्सकले आचार्यलाई मृत घोषणा गरेका थिए ।

घाइते अवस्थामा रहेकी दाहालको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : कार्तिक २१, २०८० २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?