२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सियारीका अतिविपन्न १४ परिवारलाई घर 

अमृता अनमोल

बुटवल — रुपन्देहीको सियारी गाउँपालिकाले अतिविपन्न १४ परिवारलाई घर निर्माण गरिदिएको छ । विपन्न परिवारको पहिचान गरी बनाइएका घर बिहीबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।

सियारीका अतिविपन्न १४ परिवारलाई घर 

गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेटमा विपन्न परिवारको पहिचान गरी प्रत्येक वडामा दुई परिवारलाई आवास निर्माण गर्ने गरी बजेट विनियोजन गरेको थियो । एक घर निर्माणमा गाउँपालिकाको ५ लाख र उपभोक्ता समितिले ६१ हजार ७ सय ४४ रुपैयाँसहित ५ लाख ६१ हजार ७ सय ४४ रुपैयाँ खर्च भएको छ । ती घरमा दुई वटा कोठा, भान्सा, सानो बरन्डा र शौचालय छन् ।

लामो समयदेखि कच्ची र चुहिने छानोमुनि बस्दै आएका ती परिवार पक्की घर पाएपछि खुसी भएका छन् । सियारी-५ की चनमती थारुले पक्की घर पाएपछि आफूहरुलाई बस्न, बालबच्चालाई पढाउन पाउने भएपछिखुसी लागेको बताइन् । उनी यसअघि माटोको गारो र खपटाको चुहिने छानोमुनि बसेर गुजारा चलाउँदै आएकी थिइन् ।

अध्यक्ष थानेश्वर घिमिरेले गाउँपालिकाले निर्माण गरी हस्तान्तरण गरेका ती घरलाई गाउँपालिकाको सहमतिबिना बिक्री वितरण गर्न नमिल्ने गरी आवश्यक कार्यविधि बनाउन लागेको जानकारी दिए । सियारीले आवास योजनालाई यस आर्थिक वर्षमा निरन्तरता दिने गरी बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष तारा थारुले जानकारी दिइन् ।


प्रकाशित : आश्विन ११, २०८० १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?