२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

मुलुक ठूला दलको सिन्डिकेटको सिकार : लिङदेन

मनोज पौडेल

कपिलवस्तु — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेलले मुलुक ठूला राजनीतिक दलको सिन्डिकेटको सिकार बनेको आरोप लगाएका छन् ।

मुलुक ठूला दलको सिन्डिकेटको सिकार : लिङदेन

राप्रपा कपिलवस्तुद्वारा सदरमुकाम तौलिहवामा शनिबार आयोजित नवीन राप्रपा अन्तरक्रियामा बोल्दै उनले कांग्रेस र कम्युनिस्ट नामले अलग पार्टी जस्तो देखिए पनि खासमा एउटै पार्टी भएको जिकिर गरे ।

सबैजसो ठूलठूला भ्रष्टाचार काण्डमा उनीहरूको संलग्नता रहेको र मुलुकलाई बर्बाद गर्ने काममा ठूला दलको सहमति हुने गरेको भन्दै अध्यक्ष लिङदेनले उनीहरूकै कमजोरीले मुलुक नै नरहने चिन्ता बढेको बताए ।

'अहिले पनि भ्रष्टाचारको छानबिन पूर्ण रुपमा हुन सकेको छैन । सरकारको नेतृत्व गरेकाले आफ्नो मान्छे जोगाउने गरेका छन् । मुलुकका ठूला भष्ट्राचार काण्डमा अहिलेकै नाम चलेका दलको नेता पदाधिकारी को चाहिँ संलग्न छैनन् ?' अध्यक्ष लिङदेनले भने । यस्तै सत्ता जोगाउन भ्रष्टाचारको फाइल बन्द गरिन लागेको पनि उनको आरोप थियो ।

यस्तै ठूला राजनीतिक दलको अकर्मण्यता र असन्तुलित परराष्ट्र नीतिका कारण अहिले विदेशी चलखेल बढ्दै गएको उनको भनाइ थियो । विदेशीको सहयोग र समर्थन बिना सरकार बनाउन सकिँदैन भन्ने मान्यताले ग्रसित हुँदा नेपालमा विदेशी शक्तिराष्ट्रको प्रतिस्पर्धा बढेको पनि उनले बताए । 'नेपाल अब जुनसुकै बेला शक्तिराष्ट्रको सिकार बन्ने खतरा बढेको छ,' लिङदेनले भने ।

प्रकाशित : भाद्र १६, २०८० १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?