![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकारको टुंगो लगाउन कार्यदलको बैठक बस्ने भएको छ । मंगलबार बिहान ९ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बस्न लागेको हो । सत्ता पक्ष र प्रतिपक्षबीच टकराव बढिरहेका बेला फेरि एकपल्ट सहमति खोज्ने प्रयास गरिएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउन कार्यदलको बैठक बस्दै](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/karyadal-1852024052345-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
मंगलबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि दलहरूले सहमति जुटाउन खोजेका हुन् । संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्नका लागि कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपा सांसद शिशिर खनाल सम्मिलित कार्यदल बनाइएको छ ।
सरकारले छानबिन समितिको क्षेत्राधिकारमा सहमति नभए संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारीसमेत गरेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)