कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

सन् १९९१ मा आजकै दिन : राजीव गान्धीको हत्या

काठमाडौँ — सन् १९९१ मा आजकै दिन (मे २१) मा भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो । उनी तामिलनाडुमा आयोजित चुनावी सभामा गराइएको बम विस्फोटमा मारिएका थिए । आक्रमणमा राजीव र आक्रमणकारी धनुसहित १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ जना गम्भीर घाइते भएका थिए । 

सन् १९९१ मा आजकै दिन : राजीव गान्धीको हत्या

१९४४ अगस्ट २० मा भारतको मुम्बईमा जन्मिएका राजीव १९८४ अक्टोबर ३१ देखि १९८९ डिसेम्बर २ सम्म भारतको प्रधानमन्त्री थिए । प्रधानमन्त्री रहँदा राजीवले श्रीलंकामा शान्ति सेना पठाएका थिए । त्यसको बदलामा श्रीलंकाको पृथकतावादी समूह लिबरेसन टाइगर अफ तमिल इलम (लिट्टे) ले राजीवको हत्या गरेको हो ।

राजीव १९८१ मा अमेठीबाट अत्यधिक मतसहित लोकसभा सदस्यमा विजयी भएका थिए । १९८४ अक्टोबर ३१ मा दुई शिख अंगरक्षकहरूले प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या गरेपछि राजीव भारतको प्रधानमन्त्री बनेका थिए । तर १९८९ को आम चुनावमा कंग्रेस पार्टी पराजित भएपछि उनी प्रतिपक्षमा पुगे ।

बोफोर्स कान्ड, शिख दंगा, भोपाल ग्यास घटना, श्रीलंका नीतिलगायत कारण कंग्रेस पराजित भएको थियो । १९९१ मा चुनाव घोषणा भएपछि तमिलनाडुको श्रीपेरुमबदुरमा आयोजित चुनावी र्‍यालीमा उनको हत्या भएको हो । धनु (तेनमोजी राजरत्नम) ले राजीवलाई फूलको हार लगाएर खुट्टा छुन निहुरिने क्रममा कम्मरमा बाँधेको विस्फोटक पदार्थ विस्फोट गराएकी थिइन् ।

प्रकाशित : जेष्ठ ८, २०८१ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x