कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लागुऔषधसहित तीन जना युवा पक्राउ

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको कावासोतीबाट प्रहरीले लागुऔषधसहित तीन जना युवालाई पक्राउ गरेको छ ।

लागुऔषधसहित तीन जना युवा पक्राउ

पूर्व-पश्चिम राजमार्ग अर्न्तगत् कावासोती नगरपालिका-१५ चालिस किलोमा सवारी जाँच गर्ने क्रममा लागुऔषधसहित मध्यविन्दु नगरपालिका–७ का २७ वर्षीय अशोक महतो, गैँडाकोटका ३७ वर्षीय मेघराज जैसी र २६ वर्षका अनुप क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

महतोको साथबाट ६९ एम्पुल लागुऔषध, जैसी र क्षेत्रीको साथबाट १ सय ६३ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी बेद बहादुर पौडेलले बताए । उनका अनुसार पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको र लागुऔषध ओसारपसार कसुरमा मुद्दा चलाउने तयारी रहेको छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?