कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

कावासोतीमा कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, महिला घाइते

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको कावासोती बुधबार साँझ कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु भएको छ । 

कावासोतीमा कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, महिला घाइते

पूर्वतर्फ जाँदै गरेको बा १ ० २९ च ०२४८ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल खरकट्टा जंगलमा ठोक्किँदा मोटरसाइकल चालक हुप्सेकोट निवासी ४१ वर्षीय धनबहादुर सार्कीको मृत्यु भएको हो ।

घाइते सार्कीको उपचारको क्रममा जिल्ला अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार विनु गुरुङ सख्त घाइते भएकी छन् ।

कार चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनायो ।

प्रकाशित : पुस २५, २०८० १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×