कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखामा धार्मिक स्थलको निषेधाज्ञा हट्यो

हरिराम उप्रेती

गोरखा — यहाँका धार्मिक स्थलहरुमा निषेधाज्ञा हटाइएको छ । बिहीबार बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

कोरोना जोखिम बढेसँगै चैत दोस्रो साताबाट धार्मिक स्थल प्रवेशमा सर्वसाधारणलाई रोक लगाइएको थियो ।

निषेधाज्ञा हटेसँगै मठ, मन्दिर, गुम्बा मस्जिद,चर्च लगायतका स्थानमा दर्शन तथा पूजा गर्न सर्वसाधारणका लागि शुक्रबारबाट खुला भएको छ । प्रसिद्ध धार्मिक स्थल मनकामना, गोरखा कालिका र गोरखनाथ मन्दिर खुलाउने तयारी थालिएको छ । मनकामना मन्दिर मंसिर २८ गतेबाट खुलाउने तयारी थालिएको छ ।

भक्तजन तथा दर्शनार्थीलाई व्यक्तिगत स्वास्थ्य तथा सुरक्षामा ख्याल गरी मास्कको प्रयोग गर्न,भौतिक दुरी कायम गर्न, भिडभाड नगर्न, स्वास्थ्य सचेतना लगायत स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न अनुरोध गरिएको प्रशासन कार्यालका अधिकृत हर्क रोकाले बताए ।

प्रकाशित : मंसिर २५, २०७७ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?