१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ

प्रतीक्षा काफ्ले

गण्डकी — फरक क्षमता भएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ

धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका-४ घर भई हाल पोखरा महानगरपालिका–१६ लामाचौर बस्दै आएका २९ वर्षीय प्रकाश नेपालीलाई शनिबार पक्राउ गरिएको कास्की जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

नेपालीलाई जबरजस्ती करणी कसुरमा आइतबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको उनले बताए । घरमा कोही नभएको मौका पारी डरत्रास देखाई नेपालीले ती बालिकालाई जबरजस्ती करणी गरेको पीडित परिवारले बताएका छन् ।

यसैबीच, स्याङ्जाको पुतलीबजार नगरपालिकाकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

शनिबार राति ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा पालुङटार नगरपालिका–१ का ३६ वर्षीय दलबहादुर थापालाई पक्राउ गरेको हो । विवाह गर्ने आश्वासन दिँदै प्रलोभनमा पार्दै ती बालिकालाई थापाले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीका अनुसार थापालाई करणी सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी आइतबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।

प्रकाशित : मंसिर १४, २०७७ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?