कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

तनहुँमा बस दुर्घटना, २० जना घाइते

सम्झना रसाइली

तनहुँ — पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ स्थित खहरेमा बिहीबार बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस खहरे खोलाको पुलबाट खस्दा बसमा सवार १७ जना र उक्त बसले ठक्कर दिएको मोटरसाइकलमा सवार ३ जना गरि २० जना घाइते भएको डीएसपी युवराज तिमल्सिनाले बताए । बसले विपरीत दिशाबाट आइरहेको ना ३२ प ५२५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको डीएसपी तिमल्सिनाले बताए ।

खहरे खोलामाथिको पुल साँघुरो रहेको र ब्रेक हान्ने क्रममा गाडी आफैं अनियन्त्रित भइ पुलभन्दा करिब ५ सय मिटर तल बस खसेको उनले बताए ।

घाइतेमध्ये २ जनालाई चितवन मेडिकल कलेज, एक जनालाई पोखरा रिफर गरिएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर ११, २०७७ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?