कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छिम्कालेकमा गाउँ कार्यपालिकाको बैठक

सम्झना रसाइली

तनहुँ — महाभारत पर्वत श्रृंखला अन्तर्गत पर्ने जिल्लाकै अग्लो पहाड छिम्केश्वरी (छिम्कालेक)मा आँबुखैरेनी गाउँ कार्यपालिकाको ८औं बैठक बसेको छ । समुन्द्री सतहबाट २१३४ मिटर उच्चाईमा फैलिएको छिम्कालेकको प्रवर्द्धनका लागि आँबुखैरेनी–५ लाब्दीमा शुक्रबार कार्यपालिका बैठक बसेको हो ।

छिम्कालेकमा गाउँ कार्यपालिकाको बैठक

भौगोलिक विकटता कारण धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुन नसकेको छिम्केश्वरी क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाको बैठक आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले बताए ।

‘छिम्केश्वरी माई चर्चित धार्मिक स्थलका साथै जिल्लाकै सबैभन्दा अग्लो डाँडा छिम्कालेक रहेर पनि ओझेलमा परेकाले यसको के कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा बैठकले छलफल गरेको छ’, उनले भने, ‘हामीले यो आर्थिक वर्षमा छिम्केश्वरी मन्दिर निर्माणको लागि १५ लाख बजेट विनियोजन गरेका थियौ र यो बैठकबाट मन्दिर वरपर पूर्वधार विकासका लागि भनेर १५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय भएको छ ।’


तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित लाब्दीमा बसेको गाउँकार्यपालिकाको बैठक । तस्विर: सम्झना/कान्तिपुर

मन्दिर निर्माण कार्यले तिव्रताका साथ गति लिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । उनले भने, ‘हामीले छिम्केश्वरी मन्दिर निर्माणका लागि भनेर भक्तपुरबाट कुुँदिएको इँटा ल्याएका छौं । साथै विभिन्न आकारमा कुँदिएका काठका बुट्टेदार झ्याल ढोका राखि मन्दिरलाई आकर्षक बनाउने योजना बनाएका छौं ।’

प्रकाशित : मंसिर ५, २०७७ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?