कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङको दोर्दीमा जिप दुर्घटना, १ को मृत्यु, ११ जना घाइते

आश गुरुङ

लमजुङ — लमजुङको दोर्दी गाउँपालिका ४, जितौरे नजिकै कपासे भन्ने स्थानमा मंगलबार साँझ जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ११ जना सख्त घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको टाउकोमा गम्भीर चोट लागेको छ । 

लमजुङको दोर्दीमा जिप दुर्घटना, १ को मृत्यु, ११ जना घाइते

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश पुनका अनुसार बेंसीसहरबाट दोर्दी ५, पाचोक जाँदै गरेको ग१ज २१२७ नम्बरको बोलेरो जिप साँझ सवा ६ बजेतिर सडकबाट किसेदीखोलामा खसेको हो । दुर्घटनामा परेर दोर्दी ५, छतिगाउँकी अन्दाजी ७० वर्षीया सुनि गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट उपचारका लागि नौथर शेरास्थित मेडिकलमा ल्याउादै गर्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

इन्सपेक्टर पुनले मेडिकलमा उपचारको क्रममा एक बृद्धाको मृत्यु भएको अनौपचारिक जानकारी आएपनि बेंसीसहर ल्याएर डाक्टरले पुष्टि नगर्दासम्म मृत्यु घोषणा गर्न नमिल्ने बताए । उनका अनुसार घाइते सबैलाई बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याएर उपचार थालिएको छ । दुर्घटनामा परेर दोर्दी ५ का २० वर्षीय प्रकाश गुरुङ, १५ वर्षीय निराजन गुरुङ, १७ वर्षीय सुरेश गुरुङ र दोर्दी ४ का ४८ वर्षीय पञ्चबहादुर तामाङको टाउकोमा गम्भीर चोट लागेको छ ।

दोर्दी ५ का ३५ वर्षीय दुखित गुरुङ, ५ वर्षीय दिप्सन गुरुङ, १० वर्षीया आशिका गुरुङ, ४२ वर्षीया मसिना गुरुङ, १६ वर्षीय निरञ्जन गुरुङ, ८ वर्षीया निर्जला गुरुङ र चालक दोर्दी ५ कै ३७ वर्षीय मक्कनसिंह गुरुङ सख्त घाइते भएका प्रहरीले जनाएको छ ।

श्रीमञ्ज्याङ प्रहरी चौकी नौथरका असई सुकजित घलानका अनुसार शिख्रभीर कट्नेवित्तिकैको खोंचमा जिप दुर्घटना भएको हो । बर्खायाममा खोल्सीमा बाढीले खोतलेको ठाउँमा टायर पर्दा जिप पल्टिएर ५/७ मिटर तल किसेदीखोला छेउमा खसेर दुर्घटना भएको हुनसक्ने उनले बताए ।

स्थानीय राजु दुलालले जितौरे नजिकैको कपासे भन्ने ठाउामा सडकबाट जिप पल्टिएर किसेदीखोलामा खसेर दुर्घटना भएको बताए ।

प्रकाशित : मंसिर २, २०७७ २३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?